खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प
खोटाङ | साउन १५, २०७९
काठमाडौं । खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार विहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमविर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खोटाङलगायत देशभर भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको छ ।
स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय गर्दा क्षतिको विवरण आइनपुगेको, टेलिफोन र विजुली सुचारु अवस्थामा रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेँडाईले जानकारी दिनुभयो । साता दिनदेखि लगातार पानी परेकाले राजमार्गहरु अवरुद्ध हुने सम्भावना बढी रहेकाले विपद् जोखिम न्यूनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहेको समेत उहाँले बताउनुभयो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

