प्रकाश मानवअधिकार पुरस्कार राजुरामलाई
काठमाडाैं | साउन १४, २०७९
काठमाडौँ: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २८औँ प्रकाश मानवअधिकार पुरस्कार राजुराम भुललाई प्रदान गर्ने भएको छ ।
इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील सुर्खेतको दशरथचन्द नगरपालिका–४ का भुललाई उक्त पुरस्कारबाट सम्मानित गर्न थालेको जानकारी गराउनुभयो ।
इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले भुललाई पुरस्कृत गर्न कार्यसमितिलाई सिफारिस गरेको थियो । इन्सेकका संस्थापक महासचिव स्व प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो ।
नेपालको मानवअधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायत क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई प्रकाश स्मृति दिवसका अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । उक्त पुरस्कार हरेक वर्ष एक जनालाई प्रदान गरिँद आइरहेको छ । अहिलेसम्म २७ जना सम्मानित भइसक्नुभएको पनि इन्सेकले जनाएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यतामा साउन १६ गते काठमाडौँमा आयोजित कार्यक्रममा भुललाई पुरस्कृत गरिने जनाइएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

