गण्डकी दोस्रो क्वालिफायरमा प्रवेश
पाेखरा | माघ १८, २०८१
पोखरा: एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शुक्रबार भएको खेलमा सुनिल क्लबलाई ३–१ ले पराजित गर्दै गण्डकीले दोस्रो क्वालिफायरको यात्रा तय गरेको हो ।
पहिलो सेट गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन जित निकाल्दै दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित ग¥यो । गण्डकीले पहिलो सेट ३१–३३ ले गुमाएको थियो ।
गण्डकीले १६–११ को अग्रतालाई जोगाउन नसक्दा पहिलो सेट गुमाउनु प¥यो । तर, दोस्रो, तेस्रो र चौथो सेटमा भने उत्कृष्ट पुनरागमन गर्न सफल भयो । गण्डकीले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–१६ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पा¥यो ।
अब गण्डकीले फाइनल प्रवेशका लागि शनिबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मीले पहिलो क्वालिफायरमा नेपाल पुलिस क्लबसँग ३–२ सेटले पराजित भएको थियो ।
यसअघि शुक्रबार बिहान भएको खेलमा आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ महिलातर्फ फाइलनमा प्रवेश गरेको थियो ।
पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइनल प्रवेशका लागि टिपटक न्यू डायमण्ड स्पोर्टस् क्लबसँग प्रतिष्पर्धा गर्नेछन् ।
पोखरा: नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ । यही २७ र २८ पुसका लागि म...
बागलुङ: नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ । शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...
गण्डकी: कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...

