आहा! रारा गोल्ड कपको तयारी अन्तिम चरणमा, उद्घाटनमा सहारा र नेपाल पुलिस भिड्ने
पाेखरा | माघ १८, २०८१
Filed Photo
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हुने २४ आंै संस्करणको आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
पोखरा रङ्गशालामा यही २२ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
प्रतियोगितामा नेपाली ९ र विदेशी ३ टिम गरी कुल १२ टिमले प्रतिस्पर्धा गर्ने उनले बताए ।
बरालका अनुसार आयोजक सहारा क्लब, थ्रीस्टार क्लब, मछिन्द्र क्लब, संकटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एनआरटी फुटबल क्लब, अपी पावर चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, युकेको बिग्रेड ब्वाइज फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले नगद रु १२ लाख र उपविजेताले नगद रु ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
विधागततर्फ सर्वोकृष्ट खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने अध्यक्ष बरालले बताए ।
यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा आयोजना हुँदै आएको प्रतियोगिताबाट संकलित रकमले सहारा एकेडेमी सञ्चालन हुँदै आएको छ ।
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...
काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालको निधन भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सो...

