अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल: गार्डेन र झम्सीखेल सेमिफाइनलमा प्रवेश

पाेखरा | माघ १७, २०८१

अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल: गार्डेन र झम्सीखेल सेमिफाइनलमा प्रवेश PHOTO: MANOJ KUMAL

पोखरा:    ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फ गार्डेन एफसी र झम्सीखेल सेमिफाइनलमा प्रवेश गरेको छ । 

बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा फ्रिडम फाइटर काठमाडौंलाई पेनाल्टी सुटआउटमा ७–६ गोल अन्तरले पराजित गर्दै गार्डेन सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

उक्त खेलबाट गार्डेनका सन्तोष कार्की म्यान अफ द म्याच घोषित भए ।

 

यस्तै दोस्रो क्वाटरफाइनल खेलमा बगर भाइखलकलाई १–० गोल अन्तरले हराउँदै झम्सीखेल भेट्रान्स अन्तिम चारमा प्रवेश गरेको आयोजक संस्थाका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए । 

 

उनका अनुसार झम्सीखेलको जीतमा विभोर गुरुङले निर्णायक गोल गरे ।

 

सो खेलबाट उनै विभोर म्यान अफ द म्याच बने । 

 

 

बाँकी २ वटा क्वाटरफाइनलमा ताकामी र संगम भेट्रान्स शुक्रबार भिड्नेछन्  । भने, अर्काे क्वाटरफाइनल खेल नागसोती र ब्रदर्शहुड काठमाडौंबीचको प्रतिस्पर्धा हुनेछ ।

 

यस्तै ५० वर्ष उमेर समुहको पहिलो चरणका ६ खेलपनि शुक्रबारनै हुने क्लबका महासचिव मनकाजी गुरुङले जानकारी दिए ।

 

गुरुङका अनुसार प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । 

 

यस्तै ५० वर्ष उमेर समूहतर्फको  विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।
 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्