अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल: गार्डेन र झम्सीखेल सेमिफाइनलमा प्रवेश

पाेखरा | माघ १७, २०८१

अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल: गार्डेन र झम्सीखेल सेमिफाइनलमा प्रवेश PHOTO: MANOJ KUMAL

पोखरा:    ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फ गार्डेन एफसी र झम्सीखेल सेमिफाइनलमा प्रवेश गरेको छ । 

बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा फ्रिडम फाइटर काठमाडौंलाई पेनाल्टी सुटआउटमा ७–६ गोल अन्तरले पराजित गर्दै गार्डेन सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

उक्त खेलबाट गार्डेनका सन्तोष कार्की म्यान अफ द म्याच घोषित भए ।

 

यस्तै दोस्रो क्वाटरफाइनल खेलमा बगर भाइखलकलाई १–० गोल अन्तरले हराउँदै झम्सीखेल भेट्रान्स अन्तिम चारमा प्रवेश गरेको आयोजक संस्थाका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए । 

 

उनका अनुसार झम्सीखेलको जीतमा विभोर गुरुङले निर्णायक गोल गरे ।

 

सो खेलबाट उनै विभोर म्यान अफ द म्याच बने । 

 

 

बाँकी २ वटा क्वाटरफाइनलमा ताकामी र संगम भेट्रान्स शुक्रबार भिड्नेछन्  । भने, अर्काे क्वाटरफाइनल खेल नागसोती र ब्रदर्शहुड काठमाडौंबीचको प्रतिस्पर्धा हुनेछ ।

 

यस्तै ५० वर्ष उमेर समुहको पहिलो चरणका ६ खेलपनि शुक्रबारनै हुने क्लबका महासचिव मनकाजी गुरुङले जानकारी दिए ।

 

गुरुङका अनुसार प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । 

 

यस्तै ५० वर्ष उमेर समूहतर्फको  विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।
 

गण्डकी:   कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...

थप पढ्नुहोस्

काठमाडौं:   राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...

थप पढ्नुहोस्

पोखरा:    हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

थप पढ्नुहोस्