काठमाडु माभरिक्सले पोखरा लेकर्सलाई हरायो
काठमाडाैं | माघ ४, २०८१
काठमाडौं: काठमाडु माभरिक्सले पोखरा लेकर्सलाई पराजित गर्दै नेपाल कबड्डी लिग (एनकेएल)मा विजयी सुरूआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ सम्पन्न उद्घाटन खेलमा काठमाडुले पोखरा लेकर्सलाई ४२–४१ ले पराजित गर्दै विजयी भएको हो । जितसँगै काठमाडुले पाँच अङ्क जोडेको छ । त्यस्तै पराजित पोखराले एक अङ्क प्राप्त गर्यो ।
एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित उक्त प्रतियोगितामा छ सहरका छ टिम सहभागी छन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स छन् ।
उक्त प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछ । बेलुका ५ः३० बजे हुने पहिलो खेलमा विराटनगर ब्यान्डिट्स र धनगढी वाइल्डक्याट्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै ६ः३० बजे हुने दोस्रो खेलमा हिमालयन रेइडर्स (बुटवल) र जनकपुर नाइट्स आमनेसामने हुनेछन् ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

