आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा छ जनाको मृत्यु

नयाँ दिल्ली | पुस २५, २०८१

आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा छ जनाको मृत्यु सांकेतिक तस्वीर

नयाँ दिल्ली:   भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बिहीबार बताएका छन्।


भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा रहेको श्री वेङ्कटेश्वर स्वामी मन्दिरको दर्शनका लागि प्रवेश द्वारमा टोकन लिन ठूलो भीड जम्मा भएका समय एकाएक भागदौड मच्एिको थियो । 


“हजारौँ धर्मावलम्बी भेला भएको मन्दिर परिसरमा भएको दुर्भाग्यपूर्ण घटनामा छ जना भक्तजनको ज्यान गएको छ । दिवङ्गत आत्माको शान्तिका लागि म भगवानसँग प्रार्थना गर्दछु,” राज्यको सत्तारुढ तेलुगु देशम पार्टीका प्रवक्ता प्रेमकुमार जैनले घटनाको पुष्टि गर्दै दुःख व्यक्त गर्नुभयो । 


प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । 


प्रधानमन्त्रीकोे कार्यालयले सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भनिएको छ, “यस दुःखद् घडीमा घटनामा ज्यान गुमाएका भक्तजनप्रति श्रद्धाञ्जलि अपृण गर्दछु, साथै, घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारका सदस्य र आपन्तजनप्रति समवेदना व्यक्त गर्दछु ।ू


भारतका प्रमुख धार्मिक चाडहरूमा भीडभाड व्यवस्थापन र सुरक्षाको कमीका कारण धार्मिक स्थलहरूमा घातक दुर्घटनाहरू हुने गरेका छन्।


गत वर्ष जुलाईमा उत्तर प्रदेशमा हिन्दू धर्मावलम्बीको धार्मिक जमघटका क्रममा १२१ जनाको मृत्यु भएको थियो ।


सन् २०१६ मा दक्षिणी केरला राज्यको एक मन्दिरमा नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतशबाजी प्रदर्शनका कारण भएको विस्फोटमा परी ११२ जनाको मृत्यु भएको थियो ।

तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।   आज काठमाडौँबाट डुम्रे हुँदै लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको मा...

थप पढ्नुहोस्

पोखरा:   वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा धनकुटाकाे पाख्...

थप पढ्नुहोस्

चितवन प्रहरीले भरतपुर महानगरपालिका–२६ सिसुबारबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–२६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशा...

थप पढ्नुहोस्