मध्य मोदी जलविद्युत आयोजनामा स्थानीयद्वारा तालाबन्दी

पाेखरा | पुस २२, २०८१

मध्य मोदी जलविद्युत आयोजनामा स्थानीयद्वारा तालाबन्दी

कास्की:   अन्नपूर्ण गाउँपालिका कास्की र मोदी गाउँपालिका पर्वतको मोदी खोलाको मध्य मोदी जलविद्युत आयोजनामा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन्  । 

 

उद्योगपति विनोद चौधरी नेतृत्वको चौधरी ग्रुप (सिजी) को लगानीमा संचालित आयोजनाले आयोजना प्रभावित क्षेत्रमा सहमति अनुसार कार्यान्वयन नगरेको भन्दै अन्नपूर्ण –७ कास्कीका युवा नेता बिष्णु चापागाईंको नेतृत्वमा गएको समूहले तालाबन्दी गरेका हुन् । 

 

उनीहरुले जारी गरेको विज्ञप्तीमा अन्नपूर्ण गाउँपालिका वडा नं.–४, ५, ६, ७ र ८ मा सामाजिक उत्तरदायित्वको बजेट पूर्ण रुपमा लगानी नगरेको, आयोजनासँग सम्झौता भएर निर्माण सम्पन्न भएका विकास योजनामा उपभोक्ता समितिलाई  ४ वर्ष देखि भुक्तानी नगरेको, मोदीखोलामा १०% पानीको बहाब नछाडेको, आयोजना निर्माणधिन अवस्थामा बम ब्लास्ट गर्दा स्थानीय जनताको घर भत्किएको र  क्षति पुगेकोमा क्षतिपूर्ति उपलब्ध नगराएको, वडा कार्यालय र गाउँपालिका कार्यालयमार्फत पटकपटक सिफारिस गर्दा पनि बेवास्ता गरि सुनुवाई  नगरेको, आयोजनाले स्थानीयको लागि साधारण शेयर (क्ष्एइ) जारी नगरेको लगायतका कार्यहरु नगरेको उल्लेख छ ।

 

आयोजना स्थलमा मर्मत सम्भारको लागि काम गरिरहेको डोजर एक्साभेटरको साँचोसमेत सो समुहले कब्जा गरेको छ ।
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्