अर्चलबोटमा जुवाखाल चलाउने भलिबलका राष्ट्रिय रेफ्री राम पुन पक्राउ
काठमाडाैं | बैशाख १४, २०७९
पाेखराः जुवाखाल सन्चालन गरेकाे सूचनाकाे आधारमा पोखरा ३ नदीपुर बस्ने राम पुनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जुवातास खेलाएका पुनसँगै जुवातास खेल्दै गरेका अन्य ९ जनालाई मंगलबार बेलुकी साढे ४ बजे पोखरा महानगरपालिका २ अर्चलबोटबाट पक्राउ गरिएको हो ।
‘सबै प्रोपाइलहरु थाहा छैन । को कुन पार्टीमा आवद्ध छ, के प्रोफाइलको हो भन्ने कुरा हामीलाई थाहा हुदैन हामी विभाग हो, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुनगाभासँग भने, ‘हामीले जुवामा पटके होकी हैन भन्ने मात्रै हेर्छाै ।
म्याद थप भएपछि प्रेस रिलिज आउँछ ।’ पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि आज (बुधबार) म्याद थप गरिने बताईएको छ । स्रोतका अनुसार जुवा खेलाएका राम पुन राष्ट्रिय भलिबल रेफ्री हुन् ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

