पोखरामा आन्नद साई लागूऔषधसहित पक्राउ
पाेखरा | पुस ११, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित आन्नद साईलाई पक्राउ गरेको छ । प्रहरीले साईलाई मंगलबार पोखरा–१ कस्केरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।
‘पोखरा–१ कस्केरी बस्ने साईले लागूऔषधको कारोवार गर्ने गरेको सूचना पाएका थियौं’, सूचना अधिकारी शर्माले भने, ‘मंगलबार जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखाले साईको घरकोठा खानतलासी गर्दा लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
उनका अनुसार प्रहरीले साईको कोठाबाट डाईजापाम ४८ एम्पुल, फेनेरागन ४४ एम्पुल, नुर्फिन २० एम्पुल, ब्रुर्फिन नर्फिन २१ एम्पुल गरी १ सय ३३ एम्पुल र ३ सय ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ परेका साईको कोठाबाट प्रहरीले बरामत गरेको लागूऔषध
पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

