‘सिक्लेसको मौलिकता पर्यटनको महत्त्वपूर्ण आधार’
पाेखरा | पुस ७, २०८१

पोखरा: कास्कीको पर्यटकीय गाउँ सिक्लेसको मौलिकता संरक्षण गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् ।
गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि सुरु पोखरा हुँदै सिक्लेस–कपुचे–कोरी–क्होलासोँथर–याङ्जाकोटबाट पुनः पोखरासम्मको पदमार्ग प्रवर्द्धन कार्यक्रम अन्तर्गत सिक्लेसमा आयोजित अन्तर्क्रियाका सहभागीले सिक्लेसको मौलिकता गुम्न दिन नहुनेमा जोड दिएका हुन् ।
गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले सिक्लेसको संस्कार र संस्कृति यहाँको मौलिकता भएको बताउनुभयो । मौलिकतालाई जोगाउँदै पर्यटकीय विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सङ्घका गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक बोबरजङ्ग गुरुङले यो क्षेत्र गुुरुङहरूको ऐतिहासिक स्थल भएको बताउँदै यहाँ प्राचीनकालदेखिका संस्कार र संस्कृति रहेको बताउनुभयो ।
सिक्लेसलगायतका गुरुङ गाउँहरू समेटेर यहाँबाट कपुुचे, कोरी, क्होलासोँथर समेटेर गुरुङ सम्पदा पदमार्ग विकास गर्न खोजिएको उहाँले बताउनुभयो ।
मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले क्होलासोँथरबाट गुुरुङ समुदायका व्यक्ति पहिलोपटक बसाइ सरेर आएको स्थल सिक्लेस भएको बताउँदै यहाँको मौलिकतालाई पर्यटकीय रूपमा उपयोग गर्न काम गरिरहेको उल्लेख गर्नुभयो ।
नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुुरुङले बढ्दो बस्ती विकाससँगै देशका विभिन्न पदमार्ग छोटिँदै गएको अवस्थामा गुुरुङ सम्पदा पदमार्ग एउटा महत्त्वपूर्ण विकल्प हुने धारणा राख्नुभयो ।
सिक्लेसमा शान्ति प्रक्रियाको सुरुआत भएको गन्तव्यका रूपमा शान्ति स्तम्भ बनाइएको छ । यहाँस्थित ‘इको म्युजियम’लगायत धेरै पर्यटकीयस्थल छन् ।
आगामी पुस १३ गतेसम्म हुने पदमार्ग प्रवर्द्धन कार्यक्रममा नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, मादी गाउँपालिका र गुरुङ पर्यटन व्यवसायी सङ्घले सहयोग गरेका छन् ।
पोखरा: जिल्ला प्रशासन कार्यालय, कास्कीले मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका चार स्थानमा जाने सडकखण्डमा सवारीसाधन सञ्चालनको समय तोकेको छ। कास्की प्रशासनले अ...
काठमाडौं: नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ । रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी कि...
लमजुङ: लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्द...