मेलम्चीको पानी आपूर्ति: ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन

काठमाडाैं | पुस ४, २०८१

मेलम्चीको पानी आपूर्ति: ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन

काठमाडौं:   खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न  बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिनुभएको छ ।


स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको आज निरीक्षण गरेपछि उहाँले त्यस्तो निर्देशन दिनुभएको हो ।


साथै उहाँले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा पानी चुहिएको  र पानी चुहिएका स्थानमा यथाशीघ्र मर्मतसम्भार गर्न उहाँले निर्देशन दिनुभयो । 


मन्त्री यादवका साथ खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका वरिष्ठ अधिकारी हुनुहुन्थ्यो ।

काठमाडौं:   मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षा कारण रोकिएको छ ।       मलेसियाको क्वालालम्पुरस्थित वेयु...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ रोजेको छ ।     कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भए...

थप पढ्नुहोस्

काठमाडौं:   खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न  बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिनुभएको छ । स्थानीय इन्...

थप पढ्नुहोस्