नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी

कसले कति मत पाए ?

काठमाडाैं | पुस १, २०८१

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी

काठमाडौं:   नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् ।

 

प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलकी उम्मदेवार शर्मा निकटतम प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार ७९ मत अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएकी हुन् ।

 

शर्माले ४ हजार २८२ मत प्राप्त गरिन् भने र प्रेस युनियनको विद्रोही विष्टले ३ हजार २०३ मत प्राप्त गरे । विष्टलाई प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले समर्थन गरेका थिए ।

 

यसैगरी अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत पाए ।

 

महासंघको नयाँ कार्यसमितिमा अधिकांश शर्मा प्यानलका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

 

केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा शर्मा प्यानलका दीपक आचार्यले ४ हजार २३० मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे ।

 

उपाध्यक्ष महिलामा शर्मा प्यानलकी नितु पण्डितले ४ हजार ७०५ मत प्राप्त गरी विजयी हुँदा विष्ट प्यानलकी गंगा पौडेल बरालले २ हजार ६४४ मत प्राप्त गरिन् ।

 

उपाध्यक्ष समावेशीमा शर्मा प्यानलका उमिदप्रसाद बागचन्दले ४ हजार २९२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका सुभाषप्रसाद साहले २ हजार ८० मत प्राप्त गरे । यसैगरी मोहन कुमार सिंहले ८६० मत पाए ।

 

महासचिवमा पनि शर्मा प्यानलका रामप्रसाद दाहाल निर्वाचित भए । दाहालले ४ हजार ८४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका लेखनाथ न्यौपानेले १ हजार ९२९ मत प्राप्त गरे ।

 

महासचिवका अर्का उम्मेदवार जन्मदेव जैशीले १ हजार ९२९ र प्रकाश थापाले ४८८ मत पाए ।

 

कसले कति मत पाए ?

 

 

 

सचिव खुलामा रमेश खतिवडाले ३ हजार ४०० मत प्राप्त गरी विजयी भए । यो पदमा प्रतिस्पर्धा गरेका उत्तरसिंह विष्टले २ हजार ६७, बालकृष्ण अधिकारीले ७७५, माधव दुलालले ७१९ र कुमार ओझाले ३१६ मत पाए ।

 

सचिव महिलामा सोनी शर्माले ४ हजार ३४७ मत प्राप्त गरी विजयी भइन् । सरिता बराइलीले २ हजार ८२३ मत पाइन् ।

 

त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले ३ हजार ५३५ मत प्राप्त गरी विजयी भए । यो पदमा प्रतिस्पर्धा गरेका भिसन राईले २ हजार ४५७ र टिकाराम प्रधानले १ हजार ६९ मत पाए ।

 

सचिव मधेशीमा अशोककुमार तिवारीले ३ हजार ८५८ मत प्राप्त गरी विजयी भए । अर्का प्रत्यासी श्रीजन झाले २ हजार २४३ र प्रविण कुमार चौधरीले ९५२ मत पाए ।

 

सचिव दलिततर्फ प्रकाश धौलाकोटी ४ हजार ११० मतसहित विजयी भए । अर्का प्रत्यासी बसन्त विकले १ हजार ८९२, भिमबहादुर विश्वकर्माले ६५० र सन्तोष कुमार बराइलीले ४७४ मत पाए ।

 

 

सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले ३ हजार ६४५ मत प्राप्त गरी जित निकाले । उनका निकटतम प्रतिस्पर्धी विकास कार्कीले २ हजार ७३५ र योगेश खपाङ्गीले ८१२ मत पाए ।

 

कोषाध्यक्ष पदमा रामकृष्ण अधिकारी ३ हजार ८४७ मत प्राप्त गरी विजयी भए । उनी विष्ट प्यानलबाट निर्वाचित एकमात्र पदाधिकारी हुन् ।

 

प्रेस सेन्टर नेपालका अधिकारीले शर्मा प्यानलका रामकृष्ण ज्ञवालीलाई ३८३ मत अन्तरले पछि पारे । शर्मा प्यानलका ज्ञवालीले ३ हजार ४६४ मत पाए ।

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्

काठमाडौँ:    वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् ।   राजनीतिक यात्राको आर...

थप पढ्नुहोस्

उदयपुर:  सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...

थप पढ्नुहोस्