नेपाल पत्रकार महासङ्घ गण्डकीको अध्यक्षमा पौडेल
पाेखरा | मंसिर ३०, २०८१
पोखरा: नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज सार्वजनिक मत परिणामअनुसार पौडेलले चार सय एक मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी गोविन्दप्रसाद सुवेदीले एक सय ७८ मत प्राप्त गरे ।
प्रदेश समितिको उपाध्यक्ष (खुला)मा प्रकाश पौडेल, उपाध्यक्ष (महिला)मा मायाकुमारी अधिकारी, महासचिवमा जमुना वर्षा शर्मा, सचिव (खुला)मा भविश्वर पाण्डे, सचिव (समावेशी)मा रोशनी गुरुङ र कोषाध्यक्षमा रमेश बस्ताकोटी निर्वाचित भए ।
गण्डकी प्रदेशअन्तर्गत महासङ्घको जिल्ला अध्यक्षहरूमा कास्कीका लागि माधव बराल, पर्वतमा लक्ष्मीप्रसाद सापकोटा, बागलुुङमा राम थापा, मनाङमा नविन लामिछाने, मुस्ताङमा सुनदेवी रसाइली, लम्जुङमा सन्देश पौडेल, तनहुँमा डिपी अधिकारी, स्याङ्जामा प्रदिप कोइराला, म्याग्दीमा हरिकृष्ण गौतम, नवलपुरमा श्रीराम सिग्देल निर्वाचित भए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

