अटो दुर्घटनामा १ बालिकाको मृत्यु, ४ जना घाइते

रुकुम पश्चिम | मंसिर २६, २०८१

अटो दुर्घटनामा १ बालिकाको मृत्यु, ४ जना घाइते सांकेतिक तस्बिर

रुकुमपश्चिम:    रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा १ बालिकाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।  


मृत्यु हुनेमा सिस्ने–६ खोपिचारकी १२ वर्षीया बालिका विष्णु बुढामगर रहेका छन् । लुम्बनी प्रदेश ०२००१ ह ०३५० नंको अटो मध्यपहाडी सडकको पाखाँगाउँबाट रुकुमकोट आउँदै गर्दा दुर्घटनामा परेको थियो । 


जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हिमबहादुर केसीका अनुसार दुर्घटनामा घाइते हुनेमा सिस्ने गाउँपालिका–६ का १६ वर्षीय महेन्द्र बुढा मगर, सोही वडाकै १४ वर्षीया सुशीला बुढामगर, ११ वर्षीया सुस्मिता बुढामगर र अटोचालक सिस्ने गाउँपालिका–५ का ४० वर्षीय टोपबहादुर कार्की रहेका छन् । 


उहाँका अनुसार गम्भीर अवस्था रहेका १६ वर्षीय महेन्द्रलाई थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । अन्य तीनजनाको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो । 


अटो अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

झापा:   झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा ग...

थप पढ्नुहोस्

काठमाडौं:  आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए&rsq...

थप पढ्नुहोस्

कैलाली: कैलालीमा एक युवकको हत्या भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका– ८ जरैमा गए राती साथीसाथीबीच विवाद हुँदा २८ वर्षीय केशर बहादुर बुढाको घाँटी रेटेर हत्या भएको हो । सँगै बसेर मदिरा सेवन ग...

थप पढ्नुहोस्