फुटबल खेल मैदानमा भागदौड मच्चिँदा गिनीमा ५६ जनाको मृत्यु
काठमाडाैं | मंसिर १७, २०८१
गिनीको दोस्रो ठूलो शहर एन’जेरेकोरमा एक फुटबल खेलमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको गिनीको जुन्ता नियन्त्रित सरकारले सोमबार जानकारी दिएको छ ।
“रेफ्रीको निर्णयप्रति असन्तोष व्यक्त गर्दै समर्थकहरूबीच विवाद पछि भएको झडपपछि आइतबारको खेलमा घातक भागदौड मच्चिएको थियो,” राष्ट्रिय टेलिभिजनले सरकारद्वारा जारी एक विज्ञप्तिलाई उद्धृत गरी लेखेको छ ।
“एनजेरेकोरको अस्पतालहरूले दिएको जानकारी अनुसार अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ,” विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री अमादोउ ओरी बाहले फेसबुकमा एक पोस्ट लेख्दै लाबे र एनजेरेकोरको टोलीबीचको खेलमा खलल पु¥याउने घटनाको निन्दा गरेका छन् ।
उहाँले भन्नुभयो, “सरकारले घटनाको अनुसन्धान गरिरहेको छ । घाइतेहरूको उपचार र अन्य सहयोगमा बाधा नपुगोस् भन्नेमा पूर्णरूपमा सजक छ । सरकार सबै नागरिकलाई शान्तिका लागि संयमता अपनाउन आह्वान गर्दछ।”
सन् २०२१ मा भएको सत्ता विद्रोह (कू) बाटसत्ता कब्जा गरेर आफूलाई राष्ट्रपतिमा स्थापित गरेका गिनीका जुन्टा नेता मामाडी डौम्बोयाको सम्मानमा आयोजना गरिएको प्रतियोगिताको एक हिस्साका रुपमा दक्षिणपूर्वी सहरमा उक्त खेल भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...
काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

