इलोन मस्कले ४४ अर्ब डलरमा ट्वीटर किन्ने
काठमाडाैं | बैशाख १३, २०७९
एजेन्सीः इलोन मस्कले समाजिक संजाल ट्वीटर ४४ अर्ब डलरमा किन्ने भएका छन् । अपेक्षा गरिएभन्दा बढी रकममा ट्वीटर किन्न इलोन मस्क सहमत भएको रोयटर्सले जनाएको छ ।
ट्वीटरको सञ्चालक समितिले इलोन मस्कको प्रस्तावलाई अनुमोदन गरेको समाचार माध्यमहरुले उल्लेख गरेको छ । ट्वीटरमा व्यापक सम्भावना रहेको र त्यो सम्भावनालाई उजागर गर्न कम्पनी र प्रयोगकर्ताको समुदायसँग काम गर्न आफू तत्पर रहेको इलोन मस्कले बताएका छन् ।
फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको अनुमानित सम्पत्ति २ सय ७३.६ अर्ब डलर रहेको छ । उनी विद्युतीय सवारी साधन निर्माता टेस्ला कम्पनीको मुख्य सेयरधनी हुन् भने अन्तरिक्षसम्बन्धी कम्पनी स्पेस एक्सको पनि प्रमुख हुन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

