दुर्घटनामा दम्पतीको मृत्यु
सुनसरी | मंसिर ९, २०८१
सुनसरी: सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आज एक दम्पतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका–३ का ३२ वर्षीय युवराज गुरुङ र उनकी श्रीमती ३२ वर्षीया टीका गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो ।
बालग्राम चोकमा को३६प ५६३७ नंको मोटरसाइकललाई पहिचान नभएको सवारीसाधनले ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका दुवैजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ठक्कर दिने सवारीसाधनको खोजी गरिरहेको छ ।
बलेवा: यहाँस्थित ऐतिहाँसिक गाजाको दह नजिकै व्यापार गर्दै आउनुभएका नरबहादुर थापाले दशक अघिसम्म दहमा पानीको सतह भरिभराउ देख्नुहुन्थ्यो । पछिल्लो समय दहमा बिस्तारै पानी सुक्दै गएको छ । वर्...
पोखरा: नेपाली अग्रणी कन्फेक्सनरी उद्योगका रुपमा परिचित नाम सुजल फुड्स प्रालिले हरेक नेपाली माझ लोकप्रिय क्यान्डी रिमझिम बललाई पुन: बजारमा ल्याउने भएको छ । सन् १९७६ मा सुरु गरिएको यो क्यान्डी ...
काठमाडौं: फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा बोलाएर हनी ट्रयापमा संलग्न रहेको अभियोगमा प्रहरीले १ गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–...