पोखरामा बालिकालाई यौनकार्यमा लगाएको आरोपमा तीन युवती पक्राउ
पाेखरा | मंसिर ७, २०८१

पोखरा: पोखरामा ४ बालिकाहरुलाई जबरजस्ती यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले तीन युवतीलाई पक्राउ गरेको छ ।
लेकसाईडस्थित स्नोल्याण्ड होटलले सञ्चालन गरेको भिषा युथ होस्टेल प्राइभेट लिमिटेडको कोठामा राखी बालिकाहरुलाई जबरजस्ती यौन क्रियाकलाप लगाएको आरोपमा प्रहरीले गएराति तीन युवतीलाई पक्राउ गरेको हो ।
बालिकाहरुलाई ललाइफकाई आर्थिक प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।
उनीहरुले बालिकाहरुलाई ललाईफकाई राम्रो होटलमा काम लगाईदिन्छु, तलव राम्रो हुन्छ, खानाबस्नको सुविधा छ भनेर विश्वासमा पारी कोठा बाहिर समेत जान नदिएर यौनकार्यमा लगाएको पाइएको उनले बताए ।
प्रहरीले बालिकाहरुलाई यौनकार्यमा लगाएको आरोपमा गोरखाको पालुङटार गाउँपालिका–४ घर भई पोखरा–६लेकसाइडस्थित होटल स्नोल्याण्ड डेरा गरी बस्ने १९ वर्षीय ममता तामाङ, मकवानपुर बाग्मती गाउँपालिका–८ घर भई काठमाडौं बुढानिलकण्ड नगरपालिका–७ बस्ने २३ वर्षीय रिना तामाङ र नवलपरासी मध्यविन्दु नगरपालिका १० घर भई पोखरा–६ लेकसाइड बस्ने अन्दाजी १९ वर्षीय जस्मिन ठकुरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बोर्डले गोरखापत्रमार्फत् सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो । बोर्डले पुराना आं...
कास्की: गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारको बन्दीगृहबाट भागेका ८१ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । कारागार विभागले विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई असो...
पोखरा: पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्टनै हुने गरेको छ । साक यान्त मुवाथाईले पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज&rsq...