१७ क्विन्टल गाँजासहित १ जना पक्राउ

सप्तरी | मंसिर ४, २०८१

१७ क्विन्टल गाँजासहित १ जना पक्राउ

सप्तरी:   राजगढ गाउँपालिका–४ बाट सप्तरी  १७ क्विन्टल ३६ किला गाँजासहित १ जनालाई  नियन्त्रणमा लिइएको छ । 


बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो । 


कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो । टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ३३ वर्षीय यमजित राईलाई पक्राउ परेका छन् । 


निजलाई आज अदातलमा पेस गरिने छ । उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ । 

दाङ:    घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ ।  बाँके बैजापुरका सुरेश चौधरी सा...

थप पढ्नुहोस्

काठमाडौं:    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ । सीआईबीका प्रहरी उपरीक्षक एवम् प्रवक्ता होविन्द्र बोगटीले प्रसाईँलाई भक्तपुरस्थित निवास...

थप पढ्नुहोस्

सुदूरपश्चिम:    गृहमन्त्री रमेश लेखकले नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ । धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृ...

थप पढ्नुहोस्