छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
संखुवासभा | मंसिर ३, २०८१
सङ्खुवासभा: सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ ।
सिलिचोङ गाउँपालिका–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर स्थानीय राजन राईको मृत्यु भएको छ ।
प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार भीर मौरीको मह काढ्ने क्रममा उनी भीरबाट लडेका हुन् । उनको घट्नास्थलमै मृत्यु भएको हो ।
त्यस्तै, मकालु गाउँपालिका–२ सेदुवामा एस्काभेटर दुर्घटना हुँदा स्थानीय ३० वर्षीय सुरबिर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कासुवा खोला जलविद्युत् आयोजनाका लागि बाटो खन्ने क्रममा एस्काभेटर दुर्घटनामा परेको हो ।
पोखरा: एडुब्रिज कन्सल्टेन्सीले पोखराको विरौटामा आठौं शाखा विस्तार गरेको छ । एडुब्रिज कन्सल्टेन्सीका सञ्चालक योगेश क्षेत्री र गण्डकी प्रदेश शाखाका निर्देशक किसान सुनारले सयुक्त रुपमा शाखाको उद्घाटन गरे । ...
म्याग्दी: भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाट यात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ प...
पोखरा: फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ । सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले ...

