आठविसकोटको रिठामा बस दुर्घटना

रुकुम पश्चिम | मंसिर १, २०८१

आठविसकोटको रिठामा बस दुर्घटना

रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन् ।

 

काठमाडौँबाट रुकुमपश्चिम आठविसकोट नगरपालिका राडीतर्फ आउँदै प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस शनिबार आठविसकोटको रिठा नजिकै दुर्घटना भएको हो ।

 

दुर्घटनामा परी ९ जना घाइते जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।

 

उनका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारको लागि नगर अस्पताल राडी लगिएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्