भरुवा बन्दुकसहित एकजना पक्राउ

लमजुङ | कात्तिक २८, २०८१

भरुवा बन्दुकसहित एकजना पक्राउ तस्बिर फाइल

लमजुङ:   जिल्लाको क्व्होलासोथार गाउँपालिका–९ छापागाउँबाट अवैध भरुवा बन्दुकसहित पक्राउ परेका ५० वर्षीय मङ्गले परियारलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

    
प्रहरीलाई प्राप्त विशेष सूचना र सुराकिको आधारमा प्रहरी चौकी गिलुङ लमजुङबाट खटिएको टोलीले निजलाई आइतबार पक्राउ गरेको थियो । 

    
घर नजिक जङ्गलको भिरमा लुकाइछिपाइ राखेको अवस्थामा एकनाले भरुवा बन्दुकसहित परियालाई आइतबार पक्राउ गरी आवश्यक सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताउनुभयो । 

    
“सोमबारसम्म बन्दुक आफ्नो भएको स्वीकार नगरेपछि सोमबार छोडिएको थियो । आवश्यक अनुसन्धानका क्रममा उक्त बन्दक आफ्नो भएको स्वीकार गरेपछि निजलाई पुनःपक्राउ गरी आज सार्वजनिक गरिएको हो”, प्रनाउ श्रीवास्तवले भन्नुभयो । योसँगै कारबाही प्रक्रिया अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो । 

    
परियारमाथि जिल्ला अदालतबाट मङ्गलबार सात दिनको म्याद थप गरी हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा थप अनुसन्धान गर्न थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्