तस्बिरमा हेर्नुहोस्, तुलसीघाटमा भक्तजनको घुँइचो
पाेखरा | कात्तिक २७, २०८१
पोखरा: हरिबोधिनी (ठूलो एकादशी) पर्वको अवसरमा पोखराको सेती नदीको रामघाट, तुलसीघाटमा भक्तजनको घुइँचो लागेको छ ।
भक्तजनहरुले सेती नदी किनारास्थित रामघाट, तुलसीघाटमा गङ्गा स्नान, दिप एवं मादी प्रज्वलन, फूलको डोली, छत्र तथा तोरण बन्धन गरेका छन् ।
कात्तिके ठूलो एकादशीका नामले प्रसिद्ध हरिबोधनी एकादशीको अवसरमा बिहान तुलसीको पूजा गरी विवाह गरिदिने प्रचलन छ ।
नदीको एक किनारबाट अर्को किनारसम्म बाबियोको डोरीको तोरण बनाएर एकादशीको दिनमा नदी तारेमा परिवारमा सुख शान्ति हुने र पितृहरूको वैकुण्ठमा बास हुने धार्मिक विश्वास समेत रहेको छ ।
थप तस्बिरहरू:-











काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि...
काठमाडौं: नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो ...
पोखरा: अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसक...

