तस्बिरमा घुम्नुहोस्, 'मुस्ताङ'
पाेखरा | चैत १८, २०८१
मुस्ताङ: बसन्त ऋतुको सुरुवातसँगै घुमफिरको समय पनि सुरु भएको छ । प्रकृति र संस्कृतिमा धनि गण्डकी प्रदेशमा घुम्नलायक ठाउँहरु प्रशस्तै छन् ।
हिमाल पारीको जिल्ला मुस्ताङपनि धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य हो ।
जसलाई अमेरिका समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोटमा पनि घुम्नै पर्ने उत्कृष्ट स्थानमध्ये मुस्ताङलाई पनि समेटेको थियो ।
तिब्बतको ढोकामा अवस्थित मुस्ताङ हिमाली पदयात्रा र मुक्तिनाथ दर्शनका लागि प्रसिद्ध स्थान हो ।

मुस्ताङमा सबैखाले रिसोर्टहरु उपलब्ध रहेका छन् । लक्जरी खोज्नेहरू देखी परम्परागत तिब्बती घरहरूबाट प्रेरित २९ सुइटहरूसमेत रहेका रिर्सोटहरु सञ्चालनमा रहेका छन् ।
पदयात्राका अतिरिक्त, मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन् । साथै छुटाउन नहुने अर्को कुरा भनेको मानव निर्मित गुफाहरू रहेका छन्, जहाँ २,००० वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देखिन पाइनेछ ।
मुस्ताङ उपत्यका पुग्नु आफैमा साहसिक कार्यको एक हिस्सा पनि हो ।
यात्रुहरूले राजधानी काठमाडौँबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ। काठमाडौँबाट १२ घण्टाको ड्राइभ गरेर पुग्न सकिन्छ ।
हवाई यात्रा भन्दा पनि वैकल्पिक यात्राको क्रममा देखिने दृश्यहरूले थप मनमोहक बनाउन सक्छ ।
थप तस्बिर:-














पोखरा: पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल ९यूटीटी०ले यसअघि नै गत असोज १२ (२८ सेप्टेम्बर) देखि चारवटा चार्टर उडान गर्ने जनाए पनि उक्त उडान विभिन्न कारणले ह...
मुस्ताङ: नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्...
काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भ...

