गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

पाेखरा | साउन ३, २०७९

गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उहाँमा कोरोना पुष्टी भएको हो ।

 

उहाँलाई आाइतबारदेखि सामान्य रुघा लागेकामा साेमबार बिहानबाट हल्का ज्वरो आएको थियो । साेमबार नै उहाँले चिकित्सकसँग परामर्श लिनुभएकोमा मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । मंगलबार साँझपख मात्र परीक्षणको रिपोर्ट आएको हो । चिकित्सकका अनुसार उहाँलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ ।

 

बुधबार बिहान उहाँको थप स्वास्थ्य परीक्षण गरिने भएको छ । हाल उहाँ पोखरास्थित सरकारी निवासमै आराम गरिरहनुभएको छ । कोरोना संक्रमण बढेकामा सतर्क रहन आग्रह गर्दै उहाँले मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गर्नुभएको छ ।

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्