कान्तिपुर डेण्टल हस्पिटलमा साउन महिनाभर महिलालाई छुट्टै छुट
पाेखरा | साउन ३, २०७९

पोखरा: कान्तिपुर डेण्टल हस्पिटलले बोल बम तथा शिव महिमाको सन्दर्भमा साउन महिना भरका लागि छुट कार्यक्रम घोषणा गरेको छ ।
मुख तथा दन्त स्वास्थ्य उपचारका लागि ३ कान्तिपुर डेण्टल हस्पिटलमा आउने सम्पूर्ण महिलाहरुको लागि टिकद दर्ता, डाइग्नोसिस र विशेषज्ञ परामर्श सेवा निशुल्क गरिने घोषणा गरेको जनाएको छ । हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले साउन महिना महिलाहरुले मान्ने विशेष पर्व महिना भएकाले महिलाहरुको लागि निशुल्क उपचार कार्यक्रम ल्याइएको बताए।
कान्तिपुर डेण्टल हस्पिटलले सामाजिक उत्तरदायित्व बहन गर्दै महिलाहरु मात्रको हितमा यो कार्यक्रम ल्याइएको दाबी गरेको छ । टिकट देखि परामर्श सेवा समेत निशुल्क लिएर मुख तथा दन्त स्वास्थ्य सम्बन्धी लाभ लिन हस्पिटलले आग्रह गरेको छ ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...