खजे दुराको ४९औँ स्मृति दिवस मनाइयो
लमजुङ | कात्तिक २२, २०८१
लमजुङः ऐतिहासिक वीर पुरुष खजे दुराको ४९औँं स्मृति दिवस बुधबार मनाइएको छ । दुराको शताब्दीऔँ अघिको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले हरेक कात्तिक २१ गते उहाँको स्मृतिमा यहाँस्थित दुराडाँडामा दिवस मनाइँदै आएको छ ।
सुन्दरबजार नगरपालिका– ३ चिहानपाटास्थित खजे पार्कमा आयोजित ४९औँ खजे दुरास्मृति दिवसका अवसरमा दुरालाई स्मरण गर्दै विभिन्न कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले खजे दुराको योगदानका कारण दुराडाँडा मात्रै नभइ सिङ्गो लमजुङलाई गर्व गर्ने मौका मिलेको बताउनुभयो ।
दुराको योगदानको कदर र सम्मानमा राज्य स्वयम्ले चासोका साथ खोजी गर्नुपर्ने बताउँदै यस क्षेत्रको विकासमा गण्डकी प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताउनुभयो ।
खजे पार्कलाई पुरातत्त्वसँग जोडेर यसको ऐतिहासिक, सामाजिक, र आर्थिक महत्व बढाउन प्रतिबद्ध रहने मन्त्री गुरुङको भनाइ थियो ।
सो अवसरमा पार्कलाई व्यवस्थित बनाउन र दुराको पूर्ण कदको सालिक निर्माण गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
दुरा र उहाँको समूहले घले राजाबाट आजित भइ विक्रम संवत् १५५० मा पाल्पाबाट कास्की हुँदै लमजुङ ल्याइ जशभुं (यशोब्रह्म)शाहलाई राजगद्दी गराएको इतिहासमा उल्लेख छ ।
त्यहीँबाट शाहवंशले राज संस्था सुरू गरेको बताइन्छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

