मिस पोखरा -२०२४ बनिन् ‘सृष्टि’
पाेखरा | कात्तिक ११, २०८१
PHOTO: S2 PRODUCTION
पोखरा: गलकोटकी सृष्टि खड्काले ११ औं संस्करणको मिस पोखरा–२०२४ को ताज जितेकी छिन् ।
पोखरा १० काजीपोखरी निवासी खड्काले अन्तिम १६ प्रतिस्पर्धीलाई पछि पार्दै मिस पोखराको ताज जितेकी हुन् ।
उनले ताजसँगै स्कुटर र नगद ५० हजार पुरस्कार प्राप्त गरिन् । साथै उनी सिधैं मिस नेपालमा भाग लिन अवसर प्राप्त गरेकी छिन् ।
यस्तै, रेखा गैरे फस्ट रनर अप र जेसिका विश्वकर्मा घिमिरे सेकेण्ड रनर अप घोषित भइन् ।
उनीहरुले ताजसहित क्रमशः ३० हजार र २० हजार साथमा विभिन्न गिफ्ट ह्याप्पर प्राप्त गरे । रेखाले वेष्ट इन्टेलेक्टकोसमेत उपाधि जित्दा जेसिकाले वेष्ट ड्रेस तथा क्वाटवाक अवार्ड जितिन् ।
पोखरा जेसीजको आयोजना र इभेन्ट फर युको व्यवस्थापनमा ६ वर्षपछि मिस पोखरा भएको थियो ।
सो प्रतियोगिताको मुख्य निर्णायकमा सुवर्ण क्षत्री थिए भने, अन्य निर्णायकमा पूर्व सांसद एवं वरिष्ठ सौन्दर्यकर्मी मीना गुरुङ, अभिनेता सरोज खनाल, अभिनेत्री एलिजा गौतम, ला ग्राण्डीका प्रिन्सिपल किरण केसी, शेषराज भट्टराई, डा.रामजी शर्मा गरी ७ जना थिए ।
मिस पोखरा २०१८ भने सारा बजिमय बनेकी थिइन् ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङ...
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

