उपसभामुख भुसालद्वारा पदभार ग्रहण

काठमाडाैं | साउन १, २०७९

उपसभामुख  भुसालद्वारा पदभार ग्रहण


काठमाण्डौँ:    नवविर्चाचित उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगतै सिंहदारबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

     

 सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उहाँले संविधान कार्यान्वयनका लागि उपसभामुखले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “उपसभामुख भएपछि जिम्मेवारी बढेको महसुस गरेको छु, संविधान कार्यान्वयनका लागि उपसभामुख पदबाट अपेक्षा इमान्दारीपूर्वक काम गर्नेछु”, पदभार ग्रहणका क्रममा उहाँले भन्नुभयो, “चार महिना जति मेरो कार्यकाल छ, सदनलाई प्रभावकारी ढङ्गबाट बढाउन मद्दत गर्नेछु ।”

     

 यसअघि आजै उहाँलाई राष्ट्रिपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।  

     

 प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले उपसभामुखमा नेपाली कांग्रेसकी सांसद भुसाललाई निर्वाचित गरेको थियोे । उहाँ १४८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्