दाङमा टिपर दुर्घटना हुँदा चौधरीको मृत्यु
दाङ | कात्तिक २, २०८१
दाङमा टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढवा गाउँपालिका ७ निवासी प्रभु चौधरी रहेका छन् ।
घोराही तापा सडक खण्डअन्तर्गत बंगलाचुली गाउँपालिका ४ जुम्लेपानीमा गए राती रा १ ख १८५७ नम्बरको टिपर दुर्घटनामा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक थापाका अनुसार चुनढुँगा लिउन जान लगेको टिपर घोराही तापा सडक खण्डअन्तर्गत जुम्लेपानीमा टिपर सडकदेखि करिब १०० मिटर तल खसेको थियाे ।
मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ । यसअघि वैशाख १८ गतेका लागि तय गरिए...
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

