स्रोत नखुलेको ८ लाख रकमसहित एक पक्राऊ
महोत्तरी | असोज ३०, २०८१
महोत्तरी: यहाँको जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा आज दिउँसो प्रहरीले स्रोत नखुलेको रु आठ लाख पाँच हजार पाँच सय नगदसहित एक जनालाई पक्राऊ गरेको छ ।
पक्राऊ पर्नेमा सम्सी गाउँपालिका–७ बस्ने २८ वर्षीय रामस्नेही साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवारले बताउनुभयो ।
बीआर ३० एएफ ३८७६ भारतीय नम्बरको मोटरसाईकलमा चढेर मनरासिश्वा नगरपालिका–२ स्थित भोल्ही चोक जाँदै गरेका साहलाई प्रहरी टोलीले शङ्का लागि चेक जाँच गर्दा निजले लुकाएर बोकेको अवस्थामा स्रोत नखुलेको उक्त नगद बरामद गरेको प्रहरीले जनाएको छ ।
साहले शरीरका विभिन्न भागमा लुकाएर बोकेको अवस्थामा स्रोत नखुलेको रु एक हजार दरका नोट आठ सय एक थान र रु पाँच सयका नोट नौ थान बरामद गरेको हो ।
पक्राऊ परेका साह र उनी सवार मोटरसाईकलसहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

