किशोरी हत्याका आरोपित ५८ वर्षीय भण्डारी सार्वजनिक

डडेल्धुरा | असोज २८, २०८१

किशोरी हत्याका आरोपित ५८ वर्षीय भण्डारी सार्वजनिक

डडेल्धुरा:     डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्याको आरोपमा स्थानीय एक जनालाई आइतबार सार्वजनिक गरिएको छ । 


शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षिय आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका स्थानीय स्टेसनरी व्यापारी टेकबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरिएको हो । 

    
अमरगढी नगरपालिका–७ की बालिका भट्टराईको हत्या गरिएको थियो । डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन् । 

    
“घटना निज टेकबहादुर भण्डारीको स्टेश्नरी पसलनै हो”, डिएसपी श्रेष्ठले भन्नुभयो, “पसलभित्र कोठामा आवेगमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन् ।” स्थानीयले भने बलात्कारपछि हत्या भएको दाबी गर्दै कडा कारबाहीको माग गरेका छन् । 

    
बालिकाको शवको प्रतिवेदन आइनसकेको र त्यसबारे अहिले भन्न नसकिने प्रहरीले जनाएको छ । “जवरजस्ती करणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेगमा आएको पनि हुनसक्ने हाम्रो अनुमान छ । तर यकिन जानकारी अहिले नै प्राप्त भइसकेको छैन”, उनले भने ।

    
किशोरी भट्टराई असोज २५ गते बेलुका ४ बजे घरबाट धान कुटाउनका लागि बजार नजिकै  मिल गएकी थिइन् । पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको जनाइएको छ ।

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्