पोखरामा एक महिने कृष्ण चरित्र प्रशिक्षण
पाेखरा | असोज २२, २०८१
पाखुरीकोट गुरुङ समाजद्वारा आयोजित एक महिने कृष्ण चरित्र प्रशिक्षण मंगलवबार सम्पन्न भएको छ ।
समापन समारोहका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले कला, संस्कार र संस्कृतिको संरक्षण गर्नु यस्तै सामाजिक संस्थाको महत्वपूर्ण भूमिका रहने भएकाले समाजले स्तुत्य कार्य गरेको धारणा राखे ।
कार्यक्रम संयोजक केशबहादुर गुरुङले गण्डकी प्रज्ञा–प्रतिष्ठानको आर्थिक सहयोगमा सञ्चालित उक्त प्रशिक्षणमा एक सय जना सहभागी रहेको जानकारी गराए ।
संस्थाका अध्यक्ष सि.आई. हरि ध्वोज गुरुङले हाम्रो मौलिक संस्कार संस्कृतिको संरक्षण महत्वपूर्ण विषय रहेकाले समाजबाट लोपोन्मुख हुन लागेको कृष्ण चरित्रलाई जीवन्त राखी नयाँ पुस्तामा पुस्तान्तरण गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।
गायन र नृत्यतर्फ कुलवीर गुरुङ, हरिध्वज गुरुङ र मानध्वज गुरुङले सहजीकरण गरेका थिए । यस्तै, वाद्यवादनतर्फ गोविन्द गुरुङले सहयोग गरेका थिए ।
प्रशिक्षणपछि सबै लिलामा गाउन, बजाउन र नाच्न सक्षम भएको सहभागी नेत्रबहादुर गुरुङले बताए ।
कृष्णबहादुर गुरुङले कृष्ण चरित्र प्रशिक्षणमा सहभागी सबैलाई आभार व्यक्त गर्दैै गुरुङ समुदायमा प्रचलित कृष्ण चरित्र नाच जेठा छोराको वंश निरन्तरताका लागि विजोड वर्षमा नाच्ने गरिएको बताए ।
एक महिनासम्म चलेको प्रशिक्षणमा श्रीकृष्ण जन्म लिला, बाल लिला, राधाकृष्ण लिला, होली लिला, पे्रम लिला, नाग लिला र चिर लिला गरी सातै लिलाको प्रशिक्षण गराइएको थियो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...