गाजामा भएको इजरायली हमलामा १७ जनाको मृत्यु
काठमाडाैं | असोज २२, २०८१
इजरायली सेनाले गाजा क्षेत्रमा रहेको शरणार्थी शिविरमा आक्रमणमा गर्दा कम्तिमा १७ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा विभागले मङ्गलबार बताएको छ ।
“नागरिक सुरक्षा टोलीले मध्यगाजाको अल–बुरेज शरणार्थी शिविरमा इजरायली सैन्य विमानबाट क्षेप्यास्त्र प्रहार हुँदा मृत्यु भएका अब्दुल हादी परिवारको तीन तले घरबाट बालबालिकासहित १७ जनाको शव निकालेको छ भने अन्य घाइतेहरुको उद्धार गरेको छ“, विभागका प्रवक्ता महमुद बासलले एक विज्ञप्तिमा बताउनुभयो ।
बसालले मृतकको शव र अन्य घाइतेलाई नुसिरात शिविरको अल–अवदा अस्पताल र देइर अल–बलाह सहरको अल–अक्सा शहीद अस्पतालमा लगिएको बताउनुभएको छ ।
गाजाको मध्य र उत्तरी भागमा मङ्गलबार बिहानदेखि थुप्रै हवाई आक्रमणहरू भएको बासलले बताउनुभएको थियो ।
प्रत्यक्षदर्शी एवं उद्धारकर्ताले जबलियामा इजरायली सैन्य कारबाही जारी रहेको बताएका छन् । पछिल्लो दिनमा इजरायली सेनाले जबलियामा गरेको हवाई आक्रमणमा लगभग २० जनाको मृत्यु भएको सेनाले एक विज्ञप्तिमा जनाएको थियो ।
सेनाले यस क्षेत्रमा रहेको हतियार भण्डारण सुविधा पनि ध्वस्त पारेको छ ।
काठमाडौं: २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरिएको छ। निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुस...
मकवानपुर: मकवानपुरमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौडा तर्फ जाँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो गाडी भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डम...
काठमाडौं: जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आइतबार इ...

