लेखनाथमा कारको ठक्करबाट रामबहादुर घाइते
पाेखरा | असोज २२, २०८१
लेखनाथमा कारले चार पाङ्ग्रे स्कुटरलाई कारले ठक्कर दिँदा अपांगता भएका १ जना घाइते भएका छन् ।
सोमबार दिउँसो करिब १ बजे पोखरा २७ तालचोकस्थित पृथ्वीराजमार्गमा ठक्कर दिँदा ५६ बर्षीय रामबहादुर छन्त्याल गम्भीर घाइते भएको कास्की प्रहरीले जनाएको छ ।
उनको फेवासिटी अस्पताल उपचार भइरहेको छ । गोरखाबाट पोखरातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२९ च २३५० नम्बरको कारले सडक छेउमा रोकेको ग२४प ७४०२ नम्बरको चारपाङ्ग्रे स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्कर दिएको आरोपमा कार चालक गोरखा नगरपालिका(११, एघारकिलोका २५ वर्षीय सरोज कुमाललाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

