लेखनाथमा कारको ठक्करबाट रामबहादुर घाइते
पाेखरा | असोज २२, २०८१
लेखनाथमा कारले चार पाङ्ग्रे स्कुटरलाई कारले ठक्कर दिँदा अपांगता भएका १ जना घाइते भएका छन् ।
सोमबार दिउँसो करिब १ बजे पोखरा २७ तालचोकस्थित पृथ्वीराजमार्गमा ठक्कर दिँदा ५६ बर्षीय रामबहादुर छन्त्याल गम्भीर घाइते भएको कास्की प्रहरीले जनाएको छ ।
उनको फेवासिटी अस्पताल उपचार भइरहेको छ । गोरखाबाट पोखरातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२९ च २३५० नम्बरको कारले सडक छेउमा रोकेको ग२४प ७४०२ नम्बरको चारपाङ्ग्रे स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्कर दिएको आरोपमा कार चालक गोरखा नगरपालिका(११, एघारकिलोका २५ वर्षीय सरोज कुमाललाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

