राससकर्मी आचार्यमाथि कुटपिट
चितवन | असार ३२, २०७९
चितवन: नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार साँझ रासस चितवनका समाचारदाता कृष्ण आचार्यमाथि कुटपिट गरेका छन् । कार्यालय परिसरमा मादक पदार्थ सेवन गरेर भोज गरेको भन्ने सूचनाका आधारमा समाचार सम्प्रेषण गर्न गएका आचार्यमाथि कुटपिट भएको हो ।
सो क्रममा आचार्यको शरिरमा घाउचोट लागेको छ भने कपडा च्यातिएको छ । कुटपिट भ पछि उहाँ भागेर बाच्नुभएको थियो । उहाँको साथमा रहेका दुई मोबाइल विद्युत्का कर्मचारीले खोसेर राखेका छन् । जिल्ला प्रहरी कार्यालयले एक जनालाई शुक्रबार राति पक्राउ गरेको छ ।
प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले आज दोषी कर्मचारीलाई प्रहरी कार्यालयमा हाजिर गराउने सर्तमा कार्यालय प्रमुख राजिव सिंहले कागज गरेको जानकारी दिनुभयो । आचार्य स्थानीय नारायणी अनलाइन र ‘सञ्चारपत्र’ दैनिकका प्रकाशकसमेत हुनुहुन्छ । उहाँ प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्षसमेत हुनुहुन्छ । घटनाको नेपाल पत्रकार महासङ्घ चितवनसहित पत्रकारसँग सम्बन्धित सङ्घ संस्थाले निन्दा गरेका छन् ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङ...
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

