क्लबस्तरीय भलिबल: उपाधिका लागि गलकोट र एपिएफ भिड्ने

महिलातर्फ धादिङ स्पोर्टस र नदीपुर एफसी उपाधिका लागि भिड्ने

पाेखरा | असोज १४, २०८१

क्लबस्तरीय भलिबल: उपाधिका लागि गलकोट र एपिएफ भिड्ने

पोखरा:   पोखरामा जारी आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधिका लागि पुरुषतर्फ गलकोट स्पोर्टस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ मालेमाटनबीच हुने भएको छ । 


पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा गलकोट स्पोर्टस क्लबले आँधिखोला दिल्लीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 


छन्त्याल समाजको भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा गलकोटले आँधिखोला दिल्लीलाई पराजित गरेको हो । 


पहिलो सेट १८–२५ ले गुमाएको गलकोटले दोस्रो सेट २५– २२ले जितेको थियो । दोस्रो सेट जितेको गलकोटले तेस्रो १९–२५ ले गुमाएको थियो । गलकोटले चौथो २७–२५ र पाँचौ सेट १५–११ जित्दै फाइनलमा स्थान पक्का गरेको हो । 

 


यस्तै दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ मालेमाटनले नेपाल युथ स्पोर्टस क्लब जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको छ । 


एपिएफले नेपाल युथ स्पोर्टस क्लबलाई २५–२२, २५–२३ र २७–२५ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । उपाधिका लागि एपिएफले गलकोटसँग प्रतिस्पर्धा गर्नेछ । 


महिलातर्फ धादिङ स्पोर्टस र नदीपुर एफसी उपाधिका लागि भिड्ने


पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधिका लागि महिलातर्फ धादिङ स्पोर्टस क्लब र नदीपुर एफसी भिड्ने भएका छन् ।

 
महिलातर्फको पहिलो सेमिफाइनलमा नदीपुर एफसीले शान्ता भलिबल पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश ग¥यो । 


नदीपुर एफसीले शान्ता भलिबल पोखरालाई २६–०७ , २५–१६ र २५–१७ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । 


यस्तै दोस्रो सेमिफाइनल खेलमा धादिङ स्पोर्टस क्लब धादिङले बागलुङ टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा नदीपुर एफसीसँग भेट पक्का गरेको छ । 


धादिङ स्पोर्टस क्लबले टिम बागलुङलाई २५–२३, २५–११ र २५–१७ ले पराजित गरेको हो । 

 

आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फको फाइनल खेल भोलि (मंगलबार) बिहान १० बजे र  पुरुषतर्फको फाइनल खेल दिउँसो १ बजे पोखरा भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । 


असोज ९ देखि १३ गतेसम्म सञ्चालन हुने भनिएको आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता अविरल वर्षाका कारण दुई दिन स्थगित भएको थियो । 


आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फका विजेताले नगद १ लाख ३० हजार, उपविजेताले ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


यस्तै महिलातर्फको विजेताले नगद ५० हजार  र उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् । 

 

 

 

 


 

काभ्रेपलाञ्चोक:  यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्गमा आज (असोज १ गते) देखि २४ सै घण्टा गाडी चलाउन खुला गरिएको छ।   जिल्ला प्र...

थप पढ्नुहोस्

भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ ।  यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा ताल...

थप पढ्नुहोस्

धादिङ: पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेक...

थप पढ्नुहोस्