पोखरामा आइएसएमटी कलेजको ‘जब फेयर’
पाेखरा | असोज ११, २०८१
पोखरामा आइएसएमटी कलेजको आयोजनामा ‘आइएसएमटी जब फेयर’ सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित आइएसएमटी कलेज परिसरमा आज (शुक्रबार) जब फेयर सम्पन्न गरिएको कलेजका अप्रेशन म्यानेजर शिव पौडेललले जानकारी दिए ।
‘विद्यार्थीहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्धेश्यले पोखरामा दोस्रो पटक जब फेयर कार्यक्रम गरेका हौं’, पौडेलले भने, ‘आइएसएमटी जब फेयरमा करिव ७० जना विद्यार्थीहरु सहभागी भएका थिए । अध्ययन सकेका विद्यार्थीहरुलाई आफ्नो करियरको सुरुवात गर्न यस कार्यक्रममा सहयोग पु¥याउने विश्वास लिएका छौं ।’
आइएसएमटी जब फेयरमा १० वटा विभिन्न कम्पनीहरुले स्टल राखेर विद्यार्थीहरुको अन्तर्वार्ता लिएको उनले जानकारी दिए ।
जब फेयरमा पोखरामा रहेका एस हेल्पिङ ह्याण्ड आइटी सुलुसन, टु एस सुलुसन, भायोनेट कम्न्युकेसन, बिजबजार, फुडमाण्डु, इन्सर्ट रिसर्च डेब्लोमेन्ट, पोस्टा इन्फोएस काठमाण्डु, कम्पसिप प्रालि, वेभ सुफर र एक्सटेन आईटी प्राइभेट लिमिटेडका कर्मचारीहरुले अन्तर्वार्ता लिएका थिए ।
उक्त कार्यक्रमले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने कलेजको विश्वास छ ।
बेलायतको युनिभर्सिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त यस आइएसएमटी कलेजले बिबिए, बिएिचएम, बिएस्सी आइटी, बिएस्सी (अनर्स) साइबर सेक्युरिटी डिजिटल फोरेन्सिक एमबिए तथा एमएस्सी कम्युटिंग लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
पोखरा: रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...
पोखरा: पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ । पोखरा–३ नदी...
पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली (सोमबार) बाट सुरू हुन...

