पोखरामा आइएसएमटी कलेजको ‘जब फेयर’

पाेखरा | असोज ११, २०८१

पोखरामा आइएसएमटी कलेजको ‘जब फेयर’

पोखरामा आइएसएमटी कलेजको आयोजनामा ‘आइएसएमटी जब फेयर’ सम्पन्न भएको छ । 

 

पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित आइएसएमटी कलेज परिसरमा आज (शुक्रबार) जब फेयर सम्पन्न गरिएको कलेजका अप्रेशन म्यानेजर शिव पौडेललले जानकारी दिए । 

 

‘विद्यार्थीहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्धेश्यले पोखरामा दोस्रो पटक जब फेयर कार्यक्रम गरेका हौं’, पौडेलले भने, ‘आइएसएमटी जब फेयरमा करिव ७० जना विद्यार्थीहरु सहभागी भएका थिए । अध्ययन सकेका विद्यार्थीहरुलाई आफ्नो करियरको सुरुवात गर्न यस कार्यक्रममा सहयोग पु¥याउने विश्वास लिएका छौं ।’

 

आइएसएमटी जब फेयरमा १० वटा विभिन्न कम्पनीहरुले स्टल राखेर विद्यार्थीहरुको अन्तर्वार्ता लिएको उनले जानकारी दिए । 

 

जब फेयरमा पोखरामा रहेका एस हेल्पिङ ह्याण्ड आइटी सुलुसन, टु एस सुलुसन, भायोनेट कम्न्युकेसन, बिजबजार, फुडमाण्डु, इन्सर्ट रिसर्च डेब्लोमेन्ट, पोस्टा इन्फोएस काठमाण्डु, कम्पसिप प्रालि, वेभ सुफर र एक्सटेन आईटी प्राइभेट लिमिटेडका कर्मचारीहरुले अन्तर्वार्ता लिएका थिए । 

 

उक्त कार्यक्रमले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने कलेजको विश्वास छ ।

 

 

बेलायतको युनिभर्सिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त यस आइएसएमटी कलेजले बिबिए, बिएिचएम, बिएस्सी आइटी, बिएस्सी (अनर्स) साइबर सेक्युरिटी  डिजिटल फोरेन्सिक एमबिए तथा एमएस्सी कम्युटिंग लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।  

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्