पोखरामा एबीसी टिभीको ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक अन्तरक्रिया हुँदैं

पाेखरा | असोज ११, २०८१

पोखरामा एबीसी टिभीको ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक अन्तरक्रिया हुँदैं

पोखरा:  एबीसी टेलिभिजनको १७ औं वर्ष शुभारम्भको अवसरमा गण्डकी ब्यूरोले पोखरामा ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

 

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष सहयोग, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाको सहयोगमा बृहत संवाद कार्यक्रम हुन लागेको हो ।
 

ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा यही १३ गते आइतबार हुने कार्यक्रमको तयारी पूरा भएको गण्डकी ब्यूरो प्रमुख एमबी आस्था मगरले जानकारी दिए ।

 

उनका अनुसार कार्यक्रमको समयावधि करिब १ घण्टा ३५ मिनेट तोकिएको छ ।

 

बिहानको ७: ४५ बजे सुरु हुने सो कार्यक्रममा विषयविज्ञका रुपमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले प्रस्तुती दिने मगरले बताए ।

 

‘विषयविज्ञको प्रस्तुतीपछि खुला सत्रमा प्रश्नोत्तर हुनेछ, आस्थामगरले भने, ‘त्यसपछि महिलाको दृष्टिकोणमा सुनौलो गण्डकी, समुन्नत गण्डकीको बारेमा संसदीय दल नेकपा माओवादीकी प्रमुख सचेतक कुसुम बुढामगरले धारणा राख्ने कार्यक्रम तय गरेका छौं ।’ 

 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता र उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल लगायत विशेष व्यक्तित्वहरुको सहभागिता रहने सो कार्यक्रमको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएकाले निर्धारित समयमै उपस्थित हुन आयोजकले अनुरोध गरेको छ ।
 

एबीसी मिडिया ग्रुपका अध्यक्ष तथा प्रधान सम्पादक शुभशंकर कँडेलको सभापतित्वमा हुने कार्यक्रमको सञ्चालन गण्डकी ब्यूरो प्रमुख एमबी आस्था मगरले गर्नेछन् । 

 

सो कार्यक्रमले पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकसित गर्न थप सघाउ पुग्ने विश्वास लिइएको छ ।
 

नवलपरासी:    पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जिल्लाका प्रत्येक प्रहरीलाई अध्ययनशील बनाउन जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्य...

थप पढ्नुहोस्

काभ्रेपलाञ्चोक:     गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोमा १३ हजार चार सय २७ वटा रुख क्षति भएको छ ।  जिल्ला विपद् व्यवस्थापन समितिको ‘वातावरण क्लस्टर’को प्रारम्भिक अध्ययन ...

थप पढ्नुहोस्

पोखरा:    पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०...

थप पढ्नुहोस्