अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा
पाल्पा | असार ३१, २०७९
पाल्पा: अभिभावकविहीन बनेका बालबालिकालाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ ।
पालिकाभित्र शिक्षाबाट बञ्चितको सङ्ख्या घटाउन नीतिगतरूपमा व्यवस्था गर्न थालेको र अभिभावक गुमाएकै कारण आर्थिक बोझले विद्यालय शिक्षाबाट बञ्चित अवस्थाको अन्त्य गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । अभिभावक गुमाएका तथा हराएका परिवारका सन्तानले विद्यालय शिक्षा पूरा नगरेको पाइएको छ । अभिभावक गुमाएपछि आफन्त या अरुको आश्रय लिएर बस्नुपर्ने अवस्था छ ।
छात्र सानै उमेरमा मजदुरी गर्न विभिन्न क्षेत्रमा पुग्ने गरेको पाइएको छ । कक्षा १२ सम्म आर्थिक अभाव भएका तथा अभिभावकविहीन परिवारका सदस्यलाई केन्द्रित गरी सहयोग गर्न खोजिएको गाउँपालिकाले जनाएको छ । पालिकामा अभिभावकविहीन बालबालिकाको तथ्याङ्क सङ्कलनसमेत गर्न थालिएको छ । आगामी आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

