पोखरामा करिव ४२ लाखको च्याङ्ग्रा चोरी गरेको आरोपमा मोहम्मद पक्राउ
पाेखरा | असोज ८, २०८१
पोखरा: पोखरामा च्याङ्ग्रा चोरी गरेको आरोपमा मोहम्मद फकिर पक्रा परेका छन् । पोखराको ड्यामसाईडमा ट्रकमा लोड गरेको च्याङ्ग्रा लिएर फरार भएका मोहम्मदलाई प्रहरीले हिजो सोमबार पक्राउ गरेको हो ।
असोज १ गते मुस्ताङको वारागुरुङ मक्तिक्षेत्र गाउँपालिका–३ बस्ने ताक्ला गुरुङको घरगोठमा गई ल्याएको १ सय ३ वटा च्याङ्गासहित रुपन्देही शुद्धोधन गाउँपालिका–४ स्थायी घर भएका मोहम्मद ड्यामसाइडबाट फरार भएका थिए ।
मुस्ताङबाट करिव ४२ लाखको च्याङ्ग्रा लिएर खरिद गछौं भनेर ड्यामसाइडको एक होटलमा गुरुङ सुतेको अवस्थामा मोहम्मद सहित ३ जना मिलेर च्याङ्ग्रा लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
च्याङ्ग्रा लिएर फरार भएका मोहम्मदको खोजी गर्ने क्रममा पोखराबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । चोरी गरेको च्याङ्ग्रा मोहम्मदले पोखरा महानगरपालिका–२५ घट्टेखोलास्थितबाट अन्यत्र सवारीमा लोड गरी विक्री गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ठगी अपराधिक विश्वासघात तथा आपराधिक लाइ सम्बन्धी कसूरमा ६दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

