डाक्टर ढाकाकुमारविरुद्ध ३ दिन म्याद थप

पाेखरा | भदौ २९, २०८१

डाक्टर ढाकाकुमारविरुद्ध ३ दिन म्याद थप

पोखरा:  लागूऔषध विक्री गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वसांसद डाक्टर ढाकाकुमार श्रेष्ठलाई अनुसन्धानका लागि ३ दिन म्याद थप भएको छ ।

 

अनुसन्धान गर्न कास्की जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको निमित्त सूचना अधिकारी अविनाशदीप जिसीले जानकारी दिए । 

 

उनका अनुसार बिहीबार पक्राउ परेका श्रेष्ठलाई कास्की प्रहरी म्याद थपका लागि शुक्रबार कास्की जिल्ला अदालतमा उपस्थित गराएको थियो । 

 

लखनचोकको दिया फार्मेसीबाट लागुऔषध खरिद गरेका रोल्पाका ४२ वर्षका प्रकाश थापामगर साउन ३ गते पक्राउ परेका थिए ।

 

उनै थापामगरको बयानकै आधारमा रास्वपाका पूर्वसांसद श्रेष्ठविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
 

यो पनि पढ्नुहोस

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्