प्रहरीको पीडाः थुनुवा लिएर अदालत हिँडेको गाडी बाटैमा बिग्रिएपछि ...

विराटनगर | असार २८, २०७९

प्रहरीको पीडाः थुनुवा लिएर अदालत हिँडेको गाडी बाटैमा बिग्रिएपछि ... उर्लाबारीबाट ८ जना थुनुवाको म्याद थप गर्न जिल्ला अदालत बिराटनगर हिडेको इप्रका उर्लाबारीको गाडी बाटामै बिग्रिएको अवस्थामा । तस्बिरः हरिप्रसाद कोइराला

उर्लाबारी, इलाका प्रहरी कार्यालय उर्लावारीले गत मङ्गलबार ८ जना थुनुवा लिएर विराटनगर हिँडेको गाडी पथरीशनिश्चरेको जय चौक नपुग्दै बिग्रियो । अघिल्लो दिन मात्रै मर्मत गरी चलाएको बा १ झ ६४५० नम्बरको गाडी बाटोमै बिग्रिएपछि प्रहरीलाई थुनुवा अदालत पुर्याउन समस्या भएको थियो र बाटामै बिचल्लीमा परेको थियो । समयमै थुनुवालाई अदालतमा हाजिर गराउन नसक्दा समस्या हुने गरेको प्रहरीले जनाएको छ । 

 

उर्लाबारीबाट विराटनगरको दूरी एकतर्फी ७० किलोमिटर छ । प्रहरीले दैनिकजसो थुनुवा लिएर अदालतमा म्याद थप्न जानुपर्छ । तर,पुराना गाडी बाटैमा बिग्रिन्छन् । कहिले नगरपालिकासँग गुहार माग्नुपर्छ । कहिले बाटैबाट निजी गाडी भाडमा लिएर अदालत जानुपर्छ । मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीमा दुई वटा सवारी साधन छन् । २० वर्ष पुराना दुई वटै सवारी साधन बारम्बार बिग्रिरहँदा प्रहरीलाई थुनुवाको म्याद थप्न लान र ल्याउन समस्या भएको छ । 

 

इलाका प्रहरी कार्यालय उर्लाबारीमा अर्को बा १ झ ७३५९ नम्बरको पनि गाडी छ । त्यो गाडी मर्मतका लागि विराटनगर पु¥याएको २ महिना भयो । तर, मर्मत भएर आएको छैन । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले भन्नुभयो, विभागसँग माग गरेका छौं । तर, गाडी प्राप्त भएको छ । हामीले भएको स्रोत साधन प्रयोग गरेर काम गर्ने हो । मर्मतका लागि पनि स्थानीय सरकारले सहयोग गरिरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । 

 

इलाका प्रहरी कार्यालय उर्लाबारीले मिक्लाजुङ र उर्लाबारी नगरपालिकाको सुरक्षा व्यवस्था हेर्ने गर्छ । मिक्लाजुङ गाउँपालिका धनकुटा, पाँचथर र इलामसँग जोडिएको पहाडी क्षेत्रमा पर्छ । प्रदेश १ को सरकारले दुई करोड १५ लाख रुपियाँ खर्चेर इलाका प्रहरी कार्यालयको भव्य भवन निर्माण गरिदियो । सुविधा सम्पन्न भवन निर्माण भए पनि गाडीको प्रबन्ध मिलाइदिन न प्रदेश सरकारले चासो गरेको छ, न सङ्घीय सरकारले । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्