बेदना सुनाउन पोखरा १५ मा तीज गीत प्रतियोगिता
माछापुच्छ्रे चौतारी आमा समूह प्रथम
पाेखरा | भदौ १९, २०८१
पोखरा महानगरपालिका वडा नं –१५ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा माछापुच्छ्रे चौतारी आमा समूह प्रथम भएको छ ।
मंगलबार सम्पन्न प्रतियोगितामा वडाका २२ आमा समूहलाई पछि पार्दै माछापुच्छ्रे चौतारी आमा समूह प्रथम बनेको हो ।
प्रथम भएसँगै सो समूहले नगद रु २० हजार प्राप्त गर्याे ।
यस्तै चेतना कृषि आमा समूह दोस्रो बन्दै नगद रु १३ हजार ४ सय हात पार्याे । भने, जन जागृति आमा समूह तेस्रो स्थान हासिल गर्दै ९ हजार ४ सयको साथमा प्रमाणपत्र प्राप्त गरेको वडाध्यक्ष तोरण बाँनियाले जानकारी दिए ।

उनका अनुसार स्यानिमजुवा आमा समूह, स्यानिपाटन आमा समूह र कोलपाटन आमा समूहले सान्त्वना पुरस्कार प्राप्त गरे । उनीहरूले चार–चार हजार नगद र प्रमाणपत्र हात पारे भने, उत्कृष्ट नृत्यमा दुई जनाले तीन – तीन हजार प्राप्त गरे ।
निर्णायकहरूमा वडा नं १५ निवासी लोकप्रिय गायिका माया गुरुङ, सिता केसी, सिता देवी दुरा, बुद्धिमान दुरा (धम्पु) रहेका थिए । प्रतियोगिताको सञ्चालन गायक रामजी पौड्यालले गरेका थिए ।
सो प्रतियोगिताको उद्घाटन प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दुर्गा सिंह चन्दले गरिन् ।

उनले समाजमा व्याप्त विभेद विरुद्ध महिलाहरू नै अगाडि सर्नुपर्ने भन्दै महिलाहरूले पनि विभेद नगरी आफू र आफ्नो समाजलाई अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरेकी थिइन् ।




ढोरपाटन: सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् । पूर्व पाँच...
पाल्पा: पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भए...
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्त...

