समाजसेवी दाहालद्धारा जन्मोत्सवको खर्च कटाएर विपन्न विद्यार्थीलाई सहयोग
तनहुँ | असार २७, २०७९

तनहुँ: जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएरतनहुँमा एक युवाले विपन्न तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागिमद्धत गर्नु भएको छ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका सदस्य राजु दाहालले सोही क्याम्पसमा कक्षा १२ अध्ययरत दुईछात्राको एक वर्षको लागि आवश्यक शैक्षिक शुल्क ३२ हजार रुपियाँ सहयोग गर्नुभएको हो ।
लायन्स क्लब अफ तनहुँका अध्यक्ष समेत रहनु भएका दाहालले क्याम्पसमा सोमबार एक कार्यक्रमका बीच क्याम्पस छात्रवृद्धि कोषको संयोजक तथा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठलाई सो रकम प्रदान गर्नुभयो ।
रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष बह्मादत्त तिमिल्सिना, व्यास नगरपालिकाका प्रथमप्रमुख तथा क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष ताराप्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, कक्षा ११ र १२ का संयोजक चिरञ्जिवी बस्नेत लगायतले जन्मोत्सवमा फजुल खर्च कटौती गरेर समाजप्रति समर्पण गर्ने यस्ता कार्यको सबैले अनुशरण गर्नुपर्ने जरुरी रहेको औँल्याउनुभयो ।
गत वर्ष पनि समाजसेवी दाहालले जन्मदिनको अवसर पारेर जेहेन्दार विद्यार्थीको अध्ययनको लागि २७ हजार रुपियाँ सहयोग गर्नु भएको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिनुभयो । कार्यक्रममा दाहालले
अध्यनको कुनै अप्ठ्यारो परेको जानकारी गराएमा आफ्नो तर्पबाट भविष्यमा मा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
दाहालले जन्मदिनमा फजुल खर्च कटाएर विपन्न तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि सहयोग गर्ने तथा आश्रममा । रहेका जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेर मनाउने गर्नुहुन्छ ।
फाटो क्याप्सन– समाजसेवी दाहालद्धारा रकम प्रदान गर्नुहुँदै । (खाँदा लगाएको व्यक्ति)
पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नजीत जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाण्डौकी सारा पन्तले दुई स्वर्ण जितेका छन् । दर्शिलले १६ वर्ष मुनिको ब्वाइज सिंगल र ब्वाइज डबल्सतर्फको...
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुका लागि अदालती रिपोर्टिङ सम्बन्धी तालिम दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा पत्रकारको क्षमता वि...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बुुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिनुभएको छ । लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध स...