विन्ध्येश्वरीमा सिपिएस अभिभावकीय तालिम

पाेखरा | भदौ १७, २०८१

विन्ध्येश्वरीमा सिपिएस अभिभावकीय तालिम

‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ पोखरा १ मोहरियाटोलमा सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सिपिएस अभिभावकीय तालिम तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

 

लावण्य इन्टरनेसनल काठमाडौँका प्रबन्धक निर्देक मनोज पण्डितको प्रमुख आतिथ्यतामा तथा गण्डकी प्रदेशका बजार व्यवस्थापक प्रमुख हरि खनालको आतिथ्यतामा  कार्यक्रम सम्पन्न गरिएको हो ।

 

कार्यक्रममा बोल्दै उहाँले विद्यालय प्रशासन, शिक्षक र अभिभावकको संयुक्त प्रयासबाट नै नानीबाबुलाई संस्कारयुक्त असल बनाउन सहयोग पुग्ने बताउनुभयो ।

 

साथै लावण्य र सि.पि.एस.को बारेमा पनि प्रष्ट्याउनु भएको थियो ।

 

कार्यक्रममा कक्षा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरुले आफूले सिकेका कुराहरु प्रस्तुत गरेका थिए ।

 

विद्यालयकी सि.पि.एस. प्रमुख रोजिना लगुनले शिक्षक तथा अभिभावक बिचमा सहजीकरण गर्नुभएको थियो ।

 

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षिका माया क्षेत्रीले गर्नुभएको थियो ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्