राष्ट्रपति भवन भित्र  श्रीलंकन नागरिक: प्रत्यक्षदर्शीको बयान

काठमाडाैं | असार २६, २०७९

राष्ट्रपति भवन भित्र  श्रीलंकन नागरिक: प्रत्यक्षदर्शीको बयान

श्रीलंका:     श्रीलंकाले आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । तर शनिबार श्रीलंकामा जे भयो  यो आउँदा दिनमा लामो समयसम्म सम्झना भइरहने छ ।

 

शनिबार जे भयो त्यसको पृष्ठभूमि महिनौंअघिदेखि तयार भइरहेको थियो, तर कसैलाई पनि यो कल्पना थिएन कि आक्रोशित श्रीलंकन नागरिकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको निजी निवास कब्जा गर्ने छन् ।


तर आक्रोशित श्रीलंकन नागरिकले राष्ट्रपति गोटाबाया राजापाक्षे र महिन्दा राजापाक्षेको निवासमा कब्जा जमाए । उनीहरुले प्रधानमन्त्रीको निजी आवासमा त आगो नै लगाइ दिए ।

 

कडा सुरक्षा घेरामा रहने राष्ट्रपति भवनलाई शनिबार दिउँसोदेखि नै प्रदर्शनकारीले घेरेका थिए । सुरुमा एक तमिल युवा राष्ट्रपति भवनको बन्द रहेको ढोका नाघेर भित्र छिर । त्यसपछि अरु प्रदर्शनकारी पनि गेट तोडेर भित्र छिर्न थाले ।

 

सुरक्षाकर्मीले रोक्ने प्रयास नगरेका होइनन् । तर उनीहरुले जति नै दमन गरे पनि स्थिति रोकिने थिएन । भीडलाई भित्र छिर्नबाट रोक्न असफल भएपछि सुरक्षाकर्मी बाहिरिए ।

 

सुरुमा राष्ट्रपति भवनमा छिरेका प्रदर्शनकारीले तोडफोड गर्न थालेका थिए । तर त्यहाँ आक्रोशित प्रदर्शनकारी मात्र थिएननन्, भिक्षु थिए, फरक फरक धर्मावलम्बी थिए, विद्यार्थी थिए ।

 

प्रदर्शनको नेतृत्व गरिरहेका धार्मिक समूहका नेता र अन्य वुद्धिजीबीले राष्ट्रपति भवनमा भएका सामान तोडफोड गर्नका लागि नभई आनन्द लिनका लागि भएको भन्दै त्यसकोे आनन्द लिन आग्रह गरे, आफ्नो रहर पूरा भएपछि प्रदर्शनकारीलाई बाहिर निस्किन र अरुलाई भित्र पठाउन अनुरोध गरे ।

 

उनीहरुले राष्ट्रपति भवनको हरेक सामान जनताको सम्पत्ति भएको भन्दै उनीहरुले तोडफोड गर्नेहरुलाई सम्झाइ बुझाइ गरे । त्यसपछि तोडफोड रोकियो । त्यसपछि राष्ट्रपति भवनमा पुगेका प्रदर्शनकारीहरु विशाल भवनमा उपलब्ध सुविधा केही मिनेटका लागि प्रयोग गरेर भए पनि आनन्द लिन लागे ।

 

कोही भान्सामा छिरे, भान्सामा एक दिन अघि नै तयार पारिएको खाना थियो, उनीहरुले त्यो खाए, केहीले मिक्सरमा जुस बनाएर पिए त कसैले बारमा गएर ह्विस्कीको चुस्की लिए । कोही पियानो बजाउँदै संगीतमा झुमे ।

 

कोही बैठक कोठाका आरामदायी सोफामा बसे । प्रदर्शनकारीले राष्ट्रपति भवनमा हुने बैठकको नक्कल गरे ।

 

कोही राष्ट्रपतिको बेडरुममा पुगे, विस्तारामा सुते, सेल्फी लिए, भिडियो बनाए । एक प्रदर्शनकारीले राष्ट्रपतिको विस्तारमा सुतेर बनाएको भिडियोमा भने, ‘राष्ट्रपति ज्यू धन्यवाद, म अहिले तपाईँको विस्तारमा सुतरिहेको छु । यो एकदम आरामदायी छ ।’

 

कसैले राष्ट्रपति भवनमा रहेको पौडी पोखरीमा पौडीको आनन्द लिए । राष्ट्रपति र उनको परिवारका सदस्यले प्रयोग गर्ने पोखरीमाा प्रदर्शनकारीहरुले पौडी खेलिरहेको भिडियो विश्वभर भाइरल भएको छ ।

 

केही प्रदर्शनकारीले राष्ट्रपति र उनका परिवारले प्रयोग गर्ने शौचालय प्रयोग गरे, बिशाल र भव्य शौचालय र त्यहाँ एसीको सुविधा देखेर उनीहरु हैरान भए ।

 

केही प्रदर्शनकारी राष्ट्रपतिले प्रयोग गर्ने सामान राख्ने कोठामा पसे, दराज खोले । दराजमा रहेका पोशाक लगाएर तस्वीर खिचे ।

 

राष्ट्रपति भवनको एउटा ठूलो कोठामा व्यायामशाला छ । प्रदर्शनकारी व्यायामशालामा रहेका उपकरण प्रयोग गरेर पसिना बगाउन पनि पछि परेनन् ।

 

उनीहरु मध्ये केहीले राष्ट्रपति भवनमा नै रात बिताएका छन् । आइतबार बिहान पनि प्रदर्शनकारीहरु राष्ट्रपति भवनका कोठा कोठामा घुमिरहेको देखिन्थे ।

 

जो प्रदर्शनकारी राष्ट्रपति भवन भित्रबाट बाहिर निस्कन्थे । भित्र पस्न नपाएकाहरु भित्रको स्थितिका बारेमा उनीहरुलाई सोधपुछ गर्थे । केही छिनलाई भए पनि राष्ट्रपतिको जीवनशैलीको आनन्द लिएकाहरु गौरवका साथ आफ्नो अनुभव बताउथे ।

(बीबीसी तमिलमा प्रकाशित सामग्रीको भावानुवाद)

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसे...

थप पढ्नुहोस्

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्...

थप पढ्नुहोस्

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्