पोखरामा फार्मेसीबाट किनबेच हुन्छ लागूऔषध !
पाेखरा | भदौ ७, २०८१
पोखरा: पोखरामा लागूऔषध किनबेच गरेको आरोपमा फार्मेसी सञ्चालकसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बुधबार बिभुती फार्मेसीका सञ्चालक ४८ वर्षीय केदार अधिकारी र २७ वर्षीय बिजय पोख्रेललाई लागूऔषध किनबेचको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक अविनाश दिप जिसीले जानकारी दिए ।

पोखरामा लागूऔषध किनबेच गरेको आरोपमा पक्राउ परेका आरोपित
पोखरा महानगरपालिका–९ नयाँबजारमा शंकास्पद अवस्थामा हिडिरहेका २७ वर्षीय पोख्रेलको शरीर खानतलासी गर्दा उनले भिरेको झोलाबाट लागूऔषध बरामद गरेको प्रहरी निरीक्षक जिसीले बताए ।
‘पोखरा–९ नयाँबजारमा धादिङ निलकण्ड नगरपालिका घर भएका बिजय पोख्रेल शंकास्पद अवस्थामा हिडिरहेका थिए’, जिसीले भने, ‘रितपूर्वक पोख्रेलको शरीर खानतलासी गर्दा लागूऔषध (ट्यापेनडोल हाइड्रोक्लोराइड क्याप्सुल लेखेको १ सय २० चक्की फेला पारेपछि नियन्त्रणमा लिएका हौं ।’
पक्राउ परेका पोख्रेललाई सोधपुछ गर्दा लागूऔषध पोखरा–९ नयाँबजारस्थित बिभुती फार्मेसीबाट खरिद गरेको बयान दिएपछि उक्त फार्मेसीमा खानतलासी गर्दा ९० चक्की ट्यापेनडोल हाइड्रोक्लोराइड क्याप्सुल लेखेको लागूऔषध बरामद भएको उनले बताए ।
पक्राउ परेका फार्मेसी सञ्चालक अधिकारीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ९ र पोख्रेललाई १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

