राष्ट्रपतिबाट तुलसी रोपण

काठमाडाैं | असार २६, २०७९

राष्ट्रपतिबाट तुलसी रोपण


काठमाण्डौँ:      राष्ट्रपति विद्यादेवी भण्डारीले हरिशयनी एकादशीका अवसरमा आज राष्ट्रपति भवनको निजी निवास परिसरमा पूजा अर्चनासहित तुलसीको बिरूवा रोप्नुभएको छ ।

 

आजको दिन तुलसीको बिरुवा रोपी व्रत बस्नाले समाज, परिवार एवं स्वयंमा सुख, शान्ति तथा आरोग्य प्राप्ति हुने जनविश्वास छ । हिन्दू धर्म परम्परामा हरिशयनी एकादशीका दिनदेखि चतुर्मास व्रत प्रारम्भ भई ईश्वर उपासनाको महत्वपूर्ण समय सुरु भएको मानिन्छ ।

 

औषधीय गुणलेयुक्त तुलसीलाई स्वास्थ्यका दृष्टिले लाभदायी जडिबुटी मानिएकाले घरैमा तुलसीका बिरुवा हुर्काइ प्रत्यक्ष फाइदा लिन सकिन्छ । रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीको उपचारमा तुलसी, घरेलु औषधिका रूपमा उपयोग गर्ने गरिन्छ । यसप्रकार परापूर्वकालदेखि नै हरिशयनी एकादशीको धार्मिक तथा स्वास्थ्यसँग सम्बन्धित पक्षको विशेष महत्व रहेको पाइन्छ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्